कोरोनाको भ्याक्सिन आपूर्ति गर्न एडीबीको ९ अर्ब डलर

काठमाडौं : एसियाली विकास बैंकले एसिया प्रशान्त क्षेत्रमा कोभिड–१९ विरुद्धको खोप आपूर्ति गर्न ९ अर्ब अमेरिकी डलर विनियोजन गरेको छ । एपीभ्याक्स (एसिया–प्यासिफिक भ्याक्सिन एक्सेस फेसिलिटी)मार्फत् यसका सदस्य विकासशील राष्ट्रहरुलाई द्रुत र न्यायोचित ढंगले कोभिड–१९ विरुद्धको खोप खरिद र आपूर्तिको व्यवस्था मिलाउन एडीबीले यो पहल अघि सारेको हो ।
‘एडीबीका सदस्य देशहरु यथाशक्य छिटो उनीहरुका जनतालाई खोप लगाउन चाहान्छन्, उनीहरुलाई भ्याक्सिन खरिदका लागि वित्तिय स्रोत आवश्यक छ भने उपयुक्त योजना र ज्ञान अनुसार सुरक्षित, न्यायोचित, प्रभावकारी ढङ्गले खोपको प्रबन्ध गर्नुपर्छ,’ एडीबीका अध्यक्ष मासात्सुगु आसाकावाले भनेका छन्, ‘एपीभ्याक्सले विकासशील सदस्य देशहरुलाई चुनौती सामना गर्न, महामारीबाट मुक्त हुन र आर्थिक पुनरुत्थानमा केन्द्रीत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’
एसिया–प्रशान्त क्षेत्रमा एक करोड ४३ लाख मानिसहरु कोभिड–१९ संक्रमित पहिचान एका छन् भने दुई लाख मानिसहरुको मृत्यु भएको छ । महामारी लम्बिएका कारण एसियाको आर्थिक वृद्धिदर सन् २०२० मा ०.४ प्रतिशत रहने अनुमान छ । एसियामा सन् १९६० पछिको कम आर्थिक वृद्धिदर देखिएको छ ।
कोभिड–१९ विरुद्ध खोपको सुरक्षित, न्यायोचित र प्रभावकारी पहुँच एडिबीको प्रमुख प्राथमिकता हो । कोभिड–१९ विरुद्ध प्रतिवादको पहलमा खोप दिने कार्यक्रम सुरु भएसँगै भाइरस सर्ने क्रम टुट्नेछ । यसले नियमित काम, यात्रा, सामाजिक गतिविधि सुचारू गर्न आम मानिसहरुको आत्मविश्वास बढ्नेछ ।
एपीभ्यासले विकासशील एसियाली देशहरुलाई बृहद् फ्रेमवर्क र स्रोतको व्यवस्थामार्फत् खोपमा पहुँच स्थापित गर्नेछ । खोप खरिद र भ्याक्सिनको ढुवानी तथा भण्डारण खोप आपूर्तिका महत्वपूर्ण पक्षहरु हुन् । यस्तै खोपको प्रभावकारी वितरण, आपूर्ति, प्रशासनका लागि यससँग सम्बन्धित क्षमता विकास साथै समुदायमा प्रयोगको अनुपात र अनुगमन अत्यावश्यक छ । कोभिड–१९ विरुद्धको खोपका लागि चिस्यान भण्डार श्रृंखलामा आधारित ढुवानी विधि, चिस्यान सुविधायुक्त सवारीसाधन, वितरण पूर्वाधारका लागि लगानी आवश्यक हुन्छ । यस खालका पूर्वाधारहरुको विकासले विकासशील देशहरुको खोप उत्पादन क्षमता पनि विकास हुनसक्ने एडीबीले उल्लेख गरेका छ ।
एडीबीले खोपका लागि सहयोग प्रदान गर्दा विश्व बैंक, विश्व स्वास्थ्य संगठन, कोभिड–१९ भ्याक्सिन्स ग्लोबल एक्सेस फेसिलिटी, गाभी–भ्याक्सिन सहकार्य र अन्य ध्दिपक्षीय तथा बहुपक्षीय दातृ निकायसँग सहकार्य गर्नेछ ।
एपीभ्याक्सले सुरक्षित र प्रभावकारी ढङ्गले निष्पक्ष रुपमा खोपमा पहुँच हुनुपर्ने मान्यता अघि सार्दै खोप कोभ्याक्ससँग खरिद गर्नुपर्ने, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको र सम्बन्धित देशको नियामकीय निकायले मान्यता दिएको हुनुपर्ने शर्त अघि सारेको छ । अन्य शर्तहरुमा सम्बन्धित देशले खोपको आवश्यकता आँकलन, खोप वितरण योजना तथा विकास साझेदारहरुसँग समन्वयका लागि प्रभावकारी समन्वय संयन्त्रको विकास गरेको हुनुपर्ने र यस अन्तर्गत कोभिड–१९ विरुद्धको खोप निष्पक्ष र प्रभावकारी रूपले वितरण हुनसक्ने सुनिश्चितता दिनुपर्ने एडीबीले उल्लेख गरेको छ ।
एडीबीले ५० करोड अमेरिकी डलर खोप खरिद सुविधा अन्तर्गत विकासशील राष्ट्रहरुलाई प्रदान गर्छ र यसका अतिरिक्त खोप वितरण र खोप लगाउन आवश्यक सहयोग पनि प्रदान गर्नेछ । यो सुविधा एडीबीको व्यापार तथा आपूर्ति श्रृंखला वित्तियकरण कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको हो ।

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघक…

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

प्रतिक्रिया