विङ्गर र अटो ठोक्किँदा ३ जनाको मृत्यु, ४ घाइते

कैलाली - शुक्रबार राति विङ्गर र अटो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गौरीगंगा नगरपालिका-४ राजिपुरस्थित पूर्व पश्चिम रार्जमार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको म १ ज ३१९ नम्बरको विङ्गर र पूर्वबाट पश्चिमतर्फ आउदै गरेको से १ ह २५१० नम्बरको अटो राति करिब ११ बजे तिर एक आपसमा ठोकिइ दुर्घटना हुँदा अटोमा सवार ३ जनाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले अटोमा सवार ७ जना घाइतेलाई तत्काल उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा घोडाघोडी नगरपालिकी ९ बस्ने वर्ष २४ को युवराज चौधरी, सोही ठाउँका वर्ष २६ को भिगम चौधरी र वर्ष १९ को जितेन चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै घाइते हुनेमा घोडाघोडी नगरपालिका ९ बस्ने वर्ष २४ को दिपेन्द्र चौधरी, सोही ठाउका अइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । ठक्कर दिने विङ्गरका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने दुर्घटनापछि फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया