सुदूरपश्चिमका जनमोर्चा नेतालाई कारबाही
धनगढी : सुदूरपश्चिम प्रदेशमा समानान्तर समिति गठन गरेर पार्टी हित विपरीत काम गरेको भन्दै राष्ट्रिय जनमोर्चाका नेतालाई कारबाही गरिएको छ ।
अवैधानिक भेला राखेर पार्टीको नीति, सिद्धान्त विपरीत गतिविधि गरी फुटपरस्त काम गरेकाले केन्द्रीय सदस्य लालबहादुर जाग्री, सल्लाहकार लोकेन्द्र लम्सालसहितका नेतालाई पार्टीको साधारण सदस्यवाट निष्कासन गरिएको सो पार्टीका महासचिव मनोज भट्टले जानकारी दिए ।
यसैगरी सो पार्टीका स्थानीय नेता केशवनाथ योगी, गोविन्द विक र लछिराम आचार्यलाई समेत साधारण सदस्यबाट निष्कासन गरिएको छ । पार्टीको केन्द्रीय नेतृत्वले लिएको पछिल्लो राजनीतिक गतिविधिप्रति असहमति राख्दै सो पार्टीका केन्द्रीय सदस्य जाग्री लगायतका नेताको सहभागितामा केही दिनअघि भएको भेलाले प्रदेश समिति गठन गरेको थियो ।
“जनमोर्चाको समानान्तर गतिविधिमा संलग्न सबैलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ,” महासचिव भट्टले भने, “२०६२÷६३ मा भएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउन पाँच दलीय गठनबन्धन बनेको हो ।” रासस

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको प…

प्रतिक्रिया