भारतमा एकै दिन २९ हजारलाई कोभिड संक्रमण

भारत : भारतमा बिहीबार एक दिन थप २९ हजार ३९८ व्यक्तिमा कोभिड-१९ पुष्टि भएपछि संक्रमितको संख्या ९७ लाख ९६ हजार ७६९ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।
जसमध्ये ९२ लाख ९० हजार ८३४ जना सङ्क्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल तीन लाख तीन ६३ हजार ७४९ व्यक्ति अझै सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३३ औँ दिन हो ।
भारतमा कोरोना भाइरस सङ्क्रमणबाट २४ घण्टामा थप ४१४ जनाको मृत्यु भएको र योसहित भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४२ हजार १८६ पुगेको छ । भारतको राजधानी समेत रहेको दिल्ली कोभिडबाट अत्यन्त प्रभावित भएको छ । यहाँ गत २४ घण्टामा १५ सय ७५ व्यक्ति कोभिड संक्रमित भएका र संक्रमणको कारण ६१ जनाको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १५ करोड १६ लाख ३२ हजारको नमूना परीक्षण गरेको जनाएको छ । बिहीबार एकै दिनमा ८ लाख ७२ हजार ४९७ जनाको नमूना परीक्षण भएको थियो । (सिन्ह्वा)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया