लुम्बिनीमा मन्त्रीहरूको जिम्मेवारी हेरफेर
बुटवल - लुम्बिनी प्रदेश सरकारले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद्ले कार्य विभाजन हेरफेर भएको हो । यसअघि विना विभागीय मन्त्री बनेका अजयबहादुर शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिइएको छ भने सरकार प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ ।
यस्तै शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी समेत थपिएको छ । प्रदेश मन्त्रिपरिषद्ले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संसोधन गरेपछि नयाँ कार्यविभाजन अनुसार मन्त्रीहरूलाई जिम्मेवारी दिइएको हो ।
यसअघि बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मौजुदा मन्त्रालयहरूको कार्यविभाजन हेरफेर गर्नुका साथै मन्त्रालयको संख्या समेत ११ बाट बढाएर १३ पुर्याउने निर्णय गरेको थियो ।
प्रदेश मन्त्रालयको नयाँ कार्यबिभाजनअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहेका छन् ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया