भारतीय पक्षलाई दार्चुला प्रशासनको प्रश्न : अनुमित नलिई हेलिकप्टर किन उडाएको ?

काठमाडौँ – दार्चुलाको आकाश हुँदै दैनिक ३-४ पटकसम्म भारतीय हेलिकप्टरले उडान भरेको विषयमा जिल्ला प्रशासन कार्यालयले भारतीय पक्षलाई पत्र लेखेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले दैनिक रुपमा हेलिकप्टर उड्न थालेपछि भारतीय पक्षलाई र गृहमन्त्राय दुवैलाई पत्र लेखेको जानकारी दिए ।
‘बुधबार ३÷४ र बिहीबार पनि ३÷४ पटक हेलिकप्टर उड्यो,’ जोशीले इकागजसँग भने, ‘हेलिकप्टर निरन्तर उड्न थालेपछि हामीले गृहमन्त्रालयलाई जानकारी गराए पत्र लेखेका छौँ भने भारतीय पक्षलाई हेलिकप्टर किन उडाएको भनेर पत्र लेखेका छौँ ।’
बिहीबार पत्र लेखेपछि शुक्रबार दिउँसो १ः४५ बजेसम्म हेलिकप्टर नउडेको उनको भनाइ छ । बिहीबार दार्चुलाको जिल्ला सुरक्षा समितिको बैठकपछि भारत पिथौरागढस्थित जिल्ला अधिकारीलाई पत्र पठाएको जोशीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले पठाएको पत्र भारतीय पक्षले अहिलेसम्म पठाएको छैन ।
‘अर्काको देशको आकाशमा त्यो पनि अनुमति नलिई हेलिकप्टर किन उडाइयो ? यस्तो कार्य आपत्तिजनक छ । यसरी अनुमतिबेगर हेलिकप्टर उडान नगर्नू र तुरुन्तै रोक्नू भनेर हामीले पत्र पठायौँ’ उनले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया