भोजपुरी फिल्ममा डेब्यु गर्दै प्रशान्त

काठमाडौं : अभिनेता प्रशान्त ताम्राकारले भोजपुरी फिल्ममा डेब्यु गर्ने भएका छन् । नेपालमा‘ सम्बोधन’ फिल्मबाट डेब्यु गरेका प्रशान्त त्योभन्दा अघि मोडलिङको दुनियाँमा मोडल र कोरियोग्राफरको रुपमा चर्चित थिए । ‘ऐश्वर्य’मा उनले गरेको भूमिकाले उनलाई भिलेनको रुपमा नयाँ पहिचान दिएको थियो । यिनै प्रशान्तले ‘माही’ शीर्षकमा बन्न लागेको भोजपुरी फिल्मबाट भोजपुरी फिल्ममा पदार्पण गर्न लागेका हुन् । उनले इकागजसँग कुरा गर्दै भूमिका र टिम राम्रो लागेकाले भोजपुरी फिल्ममा काम गर्न राजी भएको बताए ।
‘टिम पनि राम्रो लाग्यो र कथा पनि रोचक छ । थप दर्शकसम्म पुगुँ भन्ने अभिप्राय पनि हो,’ उनले दक्षिण भारत र बलिउडलाई संकेत गर्दै भने ।
प्रशान्तका अनुसार फिल्मको पहिलो सेड्युल जनवरीबाट टर्कीमा सुरु हुनेछ भने उनले फेब्रुअरीबाट भारतको आगरामा सुटिङ ज्वाइन गर्नेछन् । फिल्ममा नेपालबाट प्रशान्तसँगै नीता ढुंगाना र नरेन खड्काको पनि सहभागिता रहनेछ । प्रशान्तले पारिश्रमिकको विषयमा भने खुल्न चाहेनन् । ‘यति भनुँ, नेपालको भन्दा निकै राम्रो छ,’ उनले भने ।
नेपालमा फिल्म निर्माण सुस्ताएको बेला भोजपुरी फिल्म भने धमाधम सुटिङ भइरहेका छन् । नेपालमै पनि यतिबेला दुई भोजपुरी फिल्मको सुटिङ भइरहेको छ । चलचित्र विकास बोर्डका हरिहर सिंह रेखौलाका अनुसार यतिबेला नेपालमा ‘नसिहत’ र ‘प्रेमगीत २’ गरी दुई भोजपुरी फिल्मको सुटिङ भइरहेको छ । प्रशान्तले डेब्यु गर्न लागेको ‘माही’ निर्देशन गर्ने चन्द्र पन्त नेपालका चर्चित द्धन्द्ध निर्देशक हुन् ।

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

सञ्जय दतको ‘द भूतनी’मा के छ ?

प्रतिक्रिया