अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अर्को कीर्तिमान

काठमाडौँ- विश्वकप छनौटमा बिहीबार राति इटाली बुल्गेरियासँग १–१ को बराबरीमा रोकियो । पूरा तीन अंक हासिल गर्न नसके पनि इटालीले ३५ खेलमा अपराजित रहने कीर्तिमान बराबरी गरेको छ । अन्तर्राष्ट्रिय फुटबलमा यसअघि ३५ खेलमा अपराजित रहने कीर्तिमान स्पेन र ब्राजिलले राखेका थिए ।
गत जुलाईमा युरो २०२० जितेपछि पहिलो पटक मैदान उत्रेको इटालीका लागि फेडेरिको किएसाले गोल गरे । किएसाले १६ औँ मिनेटमै इटालीलाई अग्रता दिलाएका थिए । तर एटानस इलिएभले पहिलो हाफकै अन्त्यतिर गोल फर्काएपछि बुल्गेरियाले इटालीसँग अंक खोस्यो ।
युरोपतर्फको विश्वकप छनौटको समूह सीमा रहेको इटालीले चार खेलबाट १० अंक बनाएको छ । यस समूहको दोस्रो स्थानमा स्विटजरल्यान्ड छ । इटाली भन्दा दुई खल कम खेलेको स्विस टिमको खातामा ६ अंक छ ।
५३ दिनअघि युरो फाइनल जित्दा इटालियन टिममा रहेका नौ खेलाडी बुल्गेरियाविरुद्ध मैदान उत्रेका थिए । यस अन्तर्राष्ट्रिय ब्रेकमा इटालीले अmझैँ एक खेल खेल्नेछ । रोबर्टो मान्सिनीको टिमले आइतबार स्विटजरल्यान्डको सामना गर्नेछ । यही समूहमा बुल्गेरियाले लिथुनियाको सामना गर्नेछ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया