बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

सानिमा बैंकको तीज विशेष योजना

काठमाडौँ- सानिमा बैंकले नारीहरूका लागि तीज विशेष योजाना ल्याएको छ । तीजको अवसरमा सानिमा बैंकले ग्राहकहरूको लागि विशेष योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गरिने बैंकले जनाएको छ ।

यसका साथै पहिलो पोस मेसिन कारोबारमा १० प्रतिशत वा पाँचसय रुपैयाँसम्मको क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ । यसका अतिरिक्त पाँचसय रुपैयाँ बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिनेछ । यो योजना भादौ ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्नु हुने महिला ग्राहका लागि उपलब्ध हुने सानिमा बैंकले जनाएको छ ।