देउवाको भिडियो सन्देश- कांग्रेसलाई शसक्त बनाउने अभियानमा होमिइसकेका छौँ (भिडियो)

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई सशक्त बनाउने अभियानमा होमिइसकेको बताएका छन् । आज एक भिडियो सन्देश जारी गर्दै देउवाले १४ औं महाधिवेशनमार्फत् पार्टीलाई सशक्त बनाउने अभियानमा होमिइसकेको बताएका हुन् ।
‘म तपाईंहरूलाई जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्दछु। १४ औं महाधिवेशनमार्फत् हामी कांग्रेसलाई शशक्त बनाउने अभियानमा होमिइसकेका छौं,’ उनले भनेका छन् 'पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफुलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ति सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।'
संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच सुरु भएको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरि कामय गरी सहभागि हुन नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई देउवाले अनुरोध गरेका छन् । 'आज म निकै खुशी छु । ८ लाखभन्दा बढि नेपाली कांग्रेसका क्रियाशिल सदस्य आजदेखि १४ औँ महाधिवेशको प्रक्रियामा सहभागि हुनु भएको छ र मैले ति सबै सदस्यहरु र नेतृत्वको जोश, जाँगर र साथको अनुभुती यतिबेला गरिरहेको छु' देउवाले भिडियोमा भनेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया