निषेधाज्ञा खुकुलो भएसँगै कैलालीमा विद्यालय खुले
धनगढी – कैलालीमा निषेधाज्ञा खुकुलो भएसँगै विद्यालयमा भौतिक रूपमै पठनपाठन सञ्चलन हुने भएको छ । बिहीबार भएको बैठकपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न सूचित गरेका छन् ।
बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ। सकभर भर्चुअल माध्यमबाट पठनपाठन गराउन आदेशमा आग्रह गरिएको छ।
भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्नुपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको मापदण्ड पुरा गरेर पठनपाठन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ। मापदण्ड पालना भए, नभएको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ। स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए तत्काल विद्यालय बन्द गरिने प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख छ ।
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_FUeywvu2n7_hduxkibllekzeaoarpe1kof5ccclcxj9uzdga9i7qqvwtyloy0ihvdvey8pz.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

प्रतिक्रिया