शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बराबरी

काठमाडौँ : नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो । 

नेपालका लागि अन्जन बिष्टले सुरुवाती गोल गरे । उनले खेलको ३६ औँ मिनेटमा गोल गरेका हुन् । भारतका लागि अनिरुद्ध थापाले दोस्रो हाफको ५९ औँ मिनेटमा बराबरी गोल फर्काए । भारतसँग दोस्रो मैत्रीपूर्ण खेल आइतबार दशरथ रंगशालामै हुनेछ ।