दार्चुला घटनामा सरकारले संवेदनहीनता र लाचारी देखायो : एमाले

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुला घटनामा सरकारले लाचारी देखाएको आरोप लगाएको छ । १५ साउनमा महाकाली नदी पार गर्ने क्रममा भारतीय एसएसबीले तुइनको तार काटिदिएपछि नदीमा बेपत्ता भएका जयसिंह धामीलाई न्याय दिलाउन सरकार लाचार देखिएको एमालेले बताएको छ ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार प्रेस वक्तव्य जारी गर्दै नागरिक धामी बेपत्ता पारिएको संवेदनशील विषयका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहलसमेत सरकारले गर्न नसेको आरोप लगाएका छन् ।
‘नेपाली नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ,’ वक्तव्यमा उल्लेख छ, ‘नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै नेकपा एमाले यस अविलम्ब घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ ।’

उत्पादन र रोजगारी वृद्धि हुने गरी बजेट ल्याउन एमालेको सुझाव

टिआरसीवारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

प्रतिक्रिया