माछापुच्छ्रेले ७.०३ प्रतिशत बोनस सेयर, ३.३७ प्रतिशत नगद बाढ्ने

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ७.०३ प्रतिशत बोनस सेयर लाभांस र ३.३७ प्रतिशत नगद लाभांस बाढ्ने भएको छ । पुस २ गते बस्ने तय भएको बैंकको २२औं साधारणसभाले लाभांस बाढ्ने प्रस्ताव छ ।
विश्वभर फैलिएको कोभिक र महामारीको जोखिमका कारण साधारण सभामा भिडियो कल ममार्फत गर्ने तयारी छ । आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा लेखापरीक्षकको प्रतिवेदन सहित २०७० आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०७६/७७ को नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने कार्यक्रम छ ।
संचालक समितिले प्रस्ताव गरे बमोजिम २८ करोड ५० लाख ६४ हजार रुपैयाँ अर्थात चुक्ता पूँजीको ३.३ प्रतिशत नगद लाभांस बाढ्ने उल्लेख छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरूलाई ५९ करोड ४६ लाख १६ हजार रुपैयाँ (चुक्ता पुँजीको ७.०३ प्रतिशत) बराबरको बोनस सेयर वितरण गर्न स्वीकृत गर्ने बैंकले जानकारी दिएको छ ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया