सामलिङ्ग पावर कम्पनीको स्थगित आईपीओ पुनः खुल्ला
काठमाडौं : सामलिङ्ग पावर कम्पनीद्धारा इलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा निर्माण सम्पन्न माइबेनी जलविद्युत आयोजनाको निष्काशन तथा बिक्रीका लागि स्थगित गरिएको साधारण शेयर (आईपीओ) भोलिदेखि खुला हुने भएको छ ।
प्रभावित क्षेत्रका वासिन्दाप्रति लक्षित उल्लेखित विवरणको आईपीओ गत साउन २२ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गर्ने योजना थियो । इलाममा सम्भावित कोरोना संक्रमण रोक्नका लागि जिल्ला प्रशासन कार्यालयले गत साउन १८ देखि गत मंगलबार (भदौ १५) सम्म जारी गरेको आदेशले निष्काशन तथा बिक्री कार्य स्थगित भएको थियो ।
प्रशासनले गत मंगलबार जारी गरेको आदेश अनुसार इलाम जिल्लाका स्थानीय स्तरका बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आउने भएपछि आइपीओ खुला भएको कम्पनीले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
एक सय अङ्कित दरका पाँच लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित क्षेत्र इलामभरिका वासिन्दाका लागि ६० प्रतिशत अर्थात तीन लाख र आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिकाका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिकाका वडा नं ४ र ५ का लागि ४० प्रतिशत अर्थात दुई लाख कित्ता शेयर छुट्याइएको कम्पनीले जनाएको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया