महिला र पुरुष फुटबल खेलाडीलाई तलब बराबर

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला र पुरुष राष्ट्रिय टिमका खेलाडीहरुको तलब समान बनाउने निर्णय गरेको छ । बिहीबार बसेको एन्फा कार्यसमितिको बैठकले दुवै टिमका खेलाडीहरुको तलब बढाई मासिक १८ हजार पुर्याउने निर्णय गरेको हो ।
विश्वभर नै महिला फुटबलरहरुलाई पुरुष समान तलब दिनुपर्ने माग उठिरहेको बेला एन्फाले यस्तो निर्णय लिएको हो । यस अघि महिला खेलाडीलाई ७ हजार पाउँदै आएका थिए भने पुरुष टिमका खेलाडीलाई मासिक १५ हजार दिइदै आएको थियो ।
त्यसैगरी, एन्फा बैठकले कोभिड-१९ का कारण स्थगित गरिएको साधारणसभा आउँदो माघ ६ गते गर्न राष्ट्रिय खेलकुद परिषद्सँग अनुमति माग्ने निर्णय पनि गरेको छ । एन्फा बैठकले राष्ट्रिय लिग, महिला राष्ट्रिय लिग, एन्फा प्रेसिडेन्ट लिग, सहिद स्मारक ‘बी’ डिभिजन लिगलगायत प्रतियोगिताहरू आयोजना गर्न पनि परिषदमा स्विकिृती माग्न पत्र पठाउने निर्णय गरेको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया