प्रदेश १ का मुख्यमन्त्री आचार्यको नियुक्ती बदर गर्न विपक्षी गठबन्धनको माग
विराटनगर : पार्टी विभाजनको प्रक्रिया सुरु भइसकेको अवस्थामा दलका सदस्यहरुको संख्या परीक्षण नगरी एमाले नेता भीम आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै प्रदेश १ को चार दलीय विपक्षी गठबन्धन प्रदेश प्रमुखप्रति असन्तुष्ट बनेका छन् ।
बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका संसदीय दलका नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आचार्यको मुख्यमन्त्री नियुक्ति प्रक्रिया बदर गर्न माग गरेका हुन् ।
संसद सचिवालयमा भएको छलफलपछि उनीहरुले प्रदेशसभाबाट बहुमत गुमाइसकेर अल्पमतमा परेको र असंवैधानिक रुपमा नियुक्त भएको सरकारले कुनैपनि दुरगामी असर पर्ने निर्णय नगर्न नगराउन समेत आग्रह गरेको छ ।
भदौ ९ गते नेकपा एमाले विभाजन भएपछि प्रदेश १ मा पनि एमाले सम्वद्ध सांसदहरुलाई अर्को दल रोज्ज समय प्रदान गरिएको अवस्थामा सरकारले बहुमत गुमाइसकेको गठबन्धनको दाबी छ । तर भदौ १० गते तत्कालिन मुख्यमन्त्री शेरधन राईले दलको नेता र मुख्यमन्त्रीबाट राजिनामा दिएर आचार्य एमालेकै संसदीय दलको नेतामा चयन भएका थिए ।
उनलाई प्रदेशसभामा बहुमतप्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा चयन गर्न एमालेले प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरेको थियो । प्रदेश प्रमुख सोमनाथ अधिकाराी प्यासीले पनि बहुमत प्राप्त दलको नेताका रुपमा संविधानको धारा १६८ (१) बमोजिम आचार्यलाई सोही दिन मुख्यमन्त्रीमा नियुक्त गरी सपथ ग्रहण गराएका थिए ।
एमालेका सांसदहरुले अर्को दल नरोजिसकेको मौका छोपेर एमालेले एकल बहुमतको दाबी गर्दै आचार्यलाई मुख्यमन्त्री बनाएकै कारण विपक्षी दलहरुले त्यसलाई असंबैधानिक भएको जिकिर गरेका हुन् ।
संविधान र संसदको रक्षाका लागि उभिने गठबन्धन दलहरुबीच प्रदेशसभामा अझ सशक्त र एकतावद्ध भएर अघि बढ्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
बुधबारमात्रै नेकपा एमाले सम्वद्ध १० जना सांसदहरुले नवगठित नेकपा एकीकृत समाजवादी रोजेका छन् । प्रदेशसभामा ५१ सदस्यीय एकल बहुमत भएको एमालेका १० सांसद नेकपा एस रोजेपछि आचार्य नेतृत्वको सरकार भने अल्पमतमा परेको छ ।

नेपाल र मलेसियाका सांसदहरुबीच संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान

सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

संसदीय समितिमा मलेसियाका सांसदसँग अनुभव आदानप्रदान गरिने

संसदका दुबै सदन बस्दै, आजबाट विनियोजन बिधेयकमाथि छलफल

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

धर्म नभएकाले राजनीति गर्दा नागरिकलाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्ध…

‘बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ’ : प्रधा…

प्रतिक्रिया