सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

अमेरिकामा बाढी आतंक न्यूयोर्कमा इमेरजन्सी लागू

काठमाडौं– लगातारकाे वर्षापछि अमेरिकाको न्यूयोर्कमा बाढी आएको छ । न्यूयोर्क र न्युजर्सी जस्ता राज्यमा इमर्जन्सी लागू गरिएको छ । रेल स्टेसन तथा सव वे जस्ता क्षेत्रहरू जलमग्न भएका छन् ।

न्यूयोर्कमा एक घण्टाको अवधिमा ८ सेन्टिमिटरसम्म पानी जमेको रेकर्ड गरिएको त्यहाँको मौसम विभागले जनाएको छ । हालसम्म एक जनाको मृत्यु भएको न्यूयोर्कका मेयरले ट्विटरमार्फत जानकारी दिएका छन् ।