शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

सिन्धुपाल्चोकलाई जापानको आठ करोड ३२ लाख रुपैयाँ सहयोग

काठमाडौं– एक जापानी संस्थाले सिन्धुपाल्चोक जिल्लामा कृषि तथा खानेपानी परियोजनाका लागि करिब आठ करोड३२ लाख रुपैयाँ प्रदान गरेको छ । नेपालका लागि जापानका राजदूत किकुता युताका तथा पिस उइन्डस् जापानका राष्ट्रिय व्यवस्थापक यामागुची नाना बीच हस्ताक्षर सम्झौता भएको हो ।

यसले त्यस भेगका जनताका लागि स्वच्छ खानेपानी कृषि सिचाँई जस्ता कुरामा खर्च गरिने जनाइएको छ । कार्यक्रममा नेपालका लागि जापानका राजदूत युताका नेपालको यस्ता सामुदायिक कार्यक्रममा सहयोग गर्न पाउँदा आफु र जापानका जनता सधैं खुसी हुने बताए । कोभिड–१९ का कारणले गर्दा यस्ता कार्यक्रम गर्न केही कठिनाई भएता पनि नेपाल र जापान मिलेर यो कोभिड–१९ लाई परास्त गर्ने उनको भनाइ थियो ।