संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने कि नबस्ने भन्ने मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै नेतृत्वमा संवैधानिक इजलास बस्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि बिहीबार सुनुवाइ हुँदैछ । रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।
अधिवक्ता डा.गणेश रेग्मीले प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने दायित्व भन्दै बुधबार रिट निवेदन दर्ता गराएका हुन् । संवैधानिक परिषद्को सदस्यसमेत रहेका प्रधानन्यायाधीशलाई परिषद्सँग जोडिएका मुद्दा नहेर्न कानुन व्यवसायीले माग गरेपछि बिदामा बस्ने बताएका थिए ।
तर, संविधानले प्रधानन्यायाधीशलाई संवैधानिक इजलासमा बस्नैपर्ने गरी अधिकार दिएको छ । प्रधानन्यायाधीशले नै संवैधानिक इजलास तोकी नेतृत्व गर्नुपर्ने भएकाले इजलासमा बस्नैपर्ने रिट निवेदकले माग गरेका छन् ।
यसअघिका प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायमा ५२ जनालाई नियुक्तिको सिफारिस गरेको थियो । त्यो नियुक्तिको सिफारिसको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । उक्त बैठकमा सहभागी भएका प्रधानन्यायाधीश पनि सहभागी रहेको भन्दै रिट निवेदकहरुले प्रधानन्यायाधीश राणालाई त्यो मुद्दामा इजलासमा नबस्न माग गरेका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया