फरक भिडियोमा भीषणको प्रयास

काठमाडौं : फरक कन्सेप्टमा भीषणको भिडियो मंगलबार धरानको पुतली लाइन स्थित वेब क्याफे एन्ड चिकेन स्टपमा एक्सन कट चलिरहेको थियो । त्यहाँ धराने गायक ज्ञान सुब्बाको गीतको छायांकन भैरहेको थियो ।
वेटर र ग्राहकको रूपमा कलाकारहरु अभिनय गरिरहेका थिए भने निर्देशक भीषण राईले उक्त म्युजिक भिडियोको निर्देशन गर्दै थिए । निर्देशक भीषण राईले भिडियोमा नयाँ कन्सेप्ट पस्किन लागेको बताए ।
उनले भने 'मैले यो भिडियोमा फरक कन्सेप्ट ल्याएको छु, दर्शकलाई नयाँ लाग्न सक्छ ।' धरान र चतराको विभिन्न स्थानमा उक्त म्युजिक भिडियोको छायांकन गरिएको थियो । आखिर के को लागि होला ? बोलको उक्त म्युजिक भिडियोमा लोकप्रिय अभिनेता प्रेम सुब्बालाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा कलाकार बादल श्रेष्ठ, रुबिना केसी र इसिता राईको पनि अभिनय रहेको छ ।
उक्त गीतमा शब्द रबिन खावाहाङ राईको रहेको छ भने संगीत शरद सिन्हाको रहेको छ । सिल्भर इन्टरटेनमेन्ट्को प्रस्तुति रहेको भिडियोमा क्यामेराम्यान भुपेन्द्र तुम्बाहाम्फे, ड्रोन अप्रेटरमा सुमन तामाङ र मेकअप आर्टिस्ट लोकेस थापा रहेका छन् । भिडियो बाबाको मुख हेर्ने दिनमा रिलिज गरिने निर्देशक भीषण राईले बताए ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया