आफ्नै गृह नगरमा एक्लिए भीम रावल

कैलाली - नेकपा एमालेका उपाध्यक्ष भीम रावल आफ्नै गृह नगरमा एक्लिएका छन् । एमालेबाट निर्वाचित साँफे नगरपालिकाका प्रमुख कुलबहादुर कुवँरले समेत नेकपा एकीकृत समाजवादी रोजेका छन् । तर, उपप्रमुख बिमलादेवी बुढ्थापा भने अहिलेसमम तटस्थ बसेकी छिन ।
नेता रावलको नेतृत्वमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमन र अतिवाविरुद्ध लडेको बताउने कुवँरले अन्तिममा रावलले अडान लिन नसकेकोलेसाथ छोडेर विद्रोह गरेको बताए ।
२०७४ को स्थानीय तह निर्वाचनमा अछामका १० स्थानीय तहमध्ये एमालेले २ नगरपालिकामा प्रमुख र उपप्रमुख र एक गाउँपालिकाको अध्यक्ष जितेको थियो । एक गाउँपालिका र एक नगरपालिकाका प्रमुखले एकीकृत समाजवादी रोजेका छन् । कुवँरसंगै समाजवादी पार्टी रोज्नेमा चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद पनि रहेका छन् ।
मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा र उपप्रमुख सरिता उपाध्याय पार्टी विभाजनपछि एमालेमै रहने भएका छन् । अछामबाट निर्वाचित प्रदेश सभा सदस्य मिना साउँद, दुर्गा विक र बलबहादुर सोडारीले यस अघि नै एकीकृत समाजवादी रोजिसकेका छन््।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया