दिनेश गौतमको 'लखर लखर' सार्वजनिक
काठमाडौँ : डान्सिङ बिटको गीत 'लखर लखर' सार्वजनिक भएको छ । दिनेश गौतमको स्वर रहेको गीतका शब्द राजीव थापा (राजश्री) ले लेखेका हुन् । पुस्तक प्रसादको संगीत रहेको गीत बिशेषत युवा माझ लोकप्रिय हुने तरिकाले निर्माण भएको छ ।
नाचौँ नाचौँ लाग्ने गीतमा केही फरक प्रयोग समेत गरिएको छ । एक अधबैँसे साइँला दाइलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतमा पुरुष स्वरमा महिला मोडललाई लिप्सिंङ गराइएको छ । त्यस्तै सारीमा स्पोर्ट्स सुजको प्रयोग समेत केही भिन्न लाग्छ । त्यस्तै सोही गीतमा महिला आवाज अनु सिंहको स्वर समेत पछिल्लो भागमा समेटिएको छ । भारतीय अनुको यो पहिलो नेपाली गीत हो ।
देभ धिमालको कोरियोग्राफी तथा निर्देशन रहेको भिडिओ राजश्री इन्टरटेनमेन्ट नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ । भिडिओमा विजय राज भुर्तेल रन्जिता विश्वकर्मा लगायत फिचर्ड छन् । रमाइलो गीत 'लखर लखर' ले दर्शकको मन जित्नेमा लेखक थापा विश्वस्त छन् ।

बागीः४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने

‘महावतार नरसिंहा’ सुपरहिट भएपछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका…

‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक

पपगायिका पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो डेटमा

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

प्रतिक्रिया