दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

बुटवल - दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । कारलाई गएराति पौने दश बजेको समयमा घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखोलाले बगाएको हो ।
नेपालगंजबाट घोराही जाँदै गरेको प्र ३–०१–२४ च ४४४० नम्बरको कार सिस्ने खोला क्रस गर्दै गर्दा खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । कार चालक घोराही १५ निवासी वर्ष ४३ को नरबहादुर पुनलाई घटनास्थल देखि १ किलोमिटर टाढा खोलामा बगिहेको अवस्थामा प्रहरीले फेला पारी उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको छ ।
कारमा सवार घोराही १३ निवासी वर्ष ३२ कि शुसिला श्रेष्ठ र १४ निवासी वर्ष २९ कि राधिका कुवरको मृत्यु भएको छ । सिस्नेखोलामा आएको बाढीले बगाउँदा घोराही १३ बस्ने वर्ष ४० की रितामाया पुन र १४ बस्ने वर्ष ४० कि बिमला केसी बेपत्ता भएका थिए । तर उनीहरूको पनि आज विहान शव भेटिएको छ । बेपत्ता भएकाहरूको शव प्रहरीले आज बिहान ३ बजे घोराही बेलुवास्थित खोलाको किनारमा फेला पारेको हो । मृतक चारै जनाको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया