संस्थापनइतरमा जुटेन सभापतिको उम्मेद्वारमा सहमति

काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापनइतर समूहमा सहमतिमा सभापतिको उम्मेद्वार चयन गर्ने नेताहरूको प्रयास असफल भएको छ । बुधबार दिउँसो बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको सभापतिका चार उम्मेद्वारहरूको बैठक विना निष्कर्ष सकिएको हो ।
नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाबीचको छलफल विना निष्कर्ष सकिएको हो । ‘सबै नेताहरू एकले अर्कालाई सभापतिमा छाड्न तयार नभएपछि आजको बैठक विना निष्कर्ष सकियो,’ बैठकमा सहभागी एक नेताले इकागजसँग भने, ‘फेरि भोलि दिउँसो दुई बजे बैठक बसेर सहमतिका लागि प्रयास गर्ने भनिएको छ । तर सहमति हुने सम्भावना देखिन्न ।’
सहमतिका लागि यी नेताहरूबीच मंगलबार र बुधबार बिहान पनि छलफल भएको थियो । तर नेताहरू सभापतिको उम्मेद्वारीबाट टसमस गर्न तयार छैनन् ।
कांग्रेसमा संस्थापनइतरका यी सभापतिका उम्मेद्वारहरू १८ भदौका लागि तोकिएको वडा अधिवेशन अगावै आफ्नो समूहबाट सहमतिमा सभापतिको एकल उम्मेद्वार तय गर्ने प्रयासमा छन् ।
यी चार नेताबाहेक प्रधानमन्त्रीसमेत रहेका वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री डा.रामशरण महत र युवा नेता कल्याण गुरुङले सभापतिमा उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया