नर्भिकमा उपचारारत मोडल निशा घिमिरेको निधन

काठमाडौँ : मोडल निशा घिमिरेको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारारत घिमिरेको बुधबार बेलूकी ६ बजेर ५० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । भारतमा अभिनय सिक्ने क्रममा दुर्घटनामा परेकी घिमिरेको गम्भीर अवस्थामा नर्भिकमा उपचार भइरहेको थियो ।
अक्सिजनको सहयोगमा सीसीयूमा उपचार भएपनि अवस्था सुधार नभएसँगै बुधबार बेलूकी उनको निधन भएको अस्पतालले जानकारी दिएको छ । भारतमा दुर्घटनापछि गम्भीर अवस्थामा घरमै रहेकी उनलाई नर्भिक अस्पतालले गएको जेठ २७ गतेदेखि निःशुल्क उपचार थालेको थियो ।
नर्भिकले उपचार थालेपछि केही सुधार भएपनि उनको स्वास्थ्य पूर्ण रुपमा स्वस्थ्य हुन सकेको थिएन । पछिल्लो केही दिनयता उनको स्वास्थ्य झन् गम्भीर बन्न थालेको अस्पतालले जनाएको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया