एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध दर्ता गरेको रिटको पेसी शुक्रबार
काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । पार्टीबाट निष्कासन गर्न सिफारिस गरेका १४ सांसदलाई कारबाहीको सूचना नटाँसेको भन्दै सभामुख सापकोटा र तिनै सदस्यलाई नयाँ गठन गरिएको पार्टीमा समावेश गरेको भन्दै आयोगविरूद्ध एमालेले सर्वोच्चमा रिट दायर गरेको हो । रिटको पेशी शुक्रबार तोकिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वारेसमार्फत् दायर रिटमा सभामुख र आयोगका निर्णय अथवा पत्राचार बदर गर्न माग गरिएको छ। सर्वोच्च प्रशासनले रिट दर्ता भएको र शुक्रबारलाई पेसी तोकिएको जानकारी दिएको छ ।
एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो । तर सभामुख सापकोटाले एमाले सांसदका रूपमा प्रतिनिधि सभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ सांसद रहेको जानकारी निर्वाचन आयोगलाई पठाएका थिए।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया