गोर्खाज फाइनान्ससँग धितोपत्र बोर्डले माग्यो स्पष्टीकरण

काठमाडौँ - गोर्खाज फाइनान्ससँग धितोपत्र बोर्डले स्पष्टीकरण मागेको छ । साधारणसभामा भाग लिने र मतदान गर्ने सेयरधनीको अधिकार हनन भएको विषयलाई लिएर बोर्डले स्पष्टीकरण मागेको हो ।
भदौ ९ गते संचालक समिति बैठकले भदौ २४ गते वार्षिक साधारण सभा तोकेको थियो । साधारण सभामा भागलिने अधिकारबाट सेयरधनिहरुलाई बञ्चित गरिएको भन्दै सेयरधनी प्रेमबहादुर खापुङ्गलगायतबाट बोर्डमा उजुरी दर्ता भयो ।
संचालक समिति बैठकबाट साधारण सभाको नयाँ मिति तोक्दा उक्त निर्णय बमोजिमको सुचनामा साधारण सभा प्रयोजनको लागी सेयरधनि दर्ता किताब बन्द हुने समय बैशाख ५ गतेसम्म थियो । नेप्सेमा कारोबार भई सात कार्यदिनभित्र संस्थाको सेयरधनी दर्ताकिताबमा कायम सेयरधनीले मात्र सभामा भागलिन, छलफल गर्न र मतदान गर्न सक्ने भन्दै सूचना प्रकाशन गरेको थियो ।
सञ्चालक समितिले निर्णय गर्दाका बखत सेयरधनी दर्ता कितावमा कायम सेयरधनीहरुलाई साधारण सभामा भागलिने र मतदान गर्ने कम्पनी ऐनले प्रत्याभुत गरेको सेयरधनीको अधिकार हनन भएको सेयरधनीहरूको दाबी छ ।
यस विषयमा 'के भएको हो ?' स्पष्ट जानकारी सहितको विवरण तीन दिन भित्र बोर्डमा पेस गर्न बोर्डले निर्देशन दिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले साधारणसभा स्थगित गरिसकेको छ ।
यो पनि :
गोर्खाज फाइनान्सको साधारणसभा रोक्न सिडिओको आदेश
गोर्खाज फाइनान्सको साधारणसभा विवादमा

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_DF22OdoZHC_btybqqqy7j6st8dze430lmav6oegbvojrqz86kwzdevflg06ctjezrpk9u5g.jpg)
प्रतिक्रिया