नायिका करिस्माले नेपालमा भित्र्याइन् इन्टेक्स
काठमाडौँ - नायिका करिस्मा मानन्धरले अन्तर्राष्ट्रिय ब्रान्ड इन्टेक्सका इलोट्रोनिक्स सामान नेपाली बजारमा भित्र्याएकी छिन् । आधिकारिक बिक्रेता रिसिक टेडिङ कन्सर्न प्रालिले यो ब्रान्ड भित्र्याएको हो ।
रिसिक टेडिङ कन्र्सनकी म्यानेजिड डाइरेक्टर मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अबदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफु विश्वस्त रहेको समेत बताइन् ।
विश्व बजारमा आफूलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेको कम्पनीले जानकारी दिएको छ । यस कम्पनीले हरेक परिवारकालागि आवश्यक पर्ने इलोक्ट्रोनिक्सका सामानहरु उत्पादन गदै बिश्व बजारमा उपलब्ध गराउदै आएको छ ।
२५ वर्ष अघिबाट यस ब्राण्डका सामानहरु विश्व बजारमा आएपनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक नेपाल भित्रिएको हो । ८ वर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्राण्डको रुपमा स्थापित भएको थियो । क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको इन्टेक्स ब्राण्डका अन्तराष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले बताएको छ ।
इन्टेक्स ब्राण्डका सामानको एक वर्षदेखि १० वर्षसम्म वारेन्टी रहेको अग्रवालले जानकारी दिए । उनले भने, ‘हाम्रो उदेश्य भनेको बेस्ट क्वालिटीका गुणस्तरीय सामान उपभोक्तालाई दिनु हो । हाम्रा ब्रान्डका सामान प्रयोग गर्ने कुनैपनि उपभोक्ताले पछुतो मान्नुपर्ने छैन ।’

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_Sdo2BLl8Zj_mitqknbzlkbeypnrh0a4l9lrpvkhda2vawyakdoriom5gpyn3muj5amio6d7.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया