आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

माइक्रोसफ्ट विन्डोज ११ को रिलिज हुने मिति तोकियो

काठमाडौँ इन्टरनेट दुनियाँको महारथि माइक्रोसफ्टले आफ्नो महत्वकांक्षी प्रडक्ट माइक्रोसफ्ट ११ को रिलिज हुने मिति तय गरेको छ । अक्टोवर ५ बाट माइक्रोसफ्ट प्रयोगकर्ताले विन्डोज ११को अपडेट प्राप्त गर्ने जनाएको छ । माइक्रोसफ्टले विन्डोज १० प्रयोगकर्ताले सजिलै विन्डोज ११मा अपग्रेड गर्न मिल्ने जानकारी दिएको छ ।

विन्डोज पाइरेटेड वा कपि भएका विन्डोज १० मा भने अपडेटेड प्राप्त गर्ने छैनन् । विन्डोज १० प्रयोगकर्ताहरुले अक्टोबर पाँचबाट नयाँ अप्डेट नोटिफिकेशन प्राप्त गर्ने छन् । माइक्रोसफ्टले विन्डोज ११ मा एन्ड्रोइड सपोर्ट गर्ने जानकारी दिएको छ । तर, पहिलो अप्डेटमा भने एन्ड्रोइड प्रयोग गर्न नसकिने जानकारी दिएको छ । एन्ड्रोइड सपोर्टका लागि भने प्रयोग विन्डोज प्रयोगकर्ताले केहि समय प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

विन्डोज ११ सर्पोट गर्नका लागि कम्प्युटरमा ६४ बिटमा एक गिगाहर्ज प्रोसेसर ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज चाहिन्छ । हाल माइक्रोसफ्टले विन्डोज ११ को बिटा भर्सन टेस्ट गरिरहेको छ ।