क्रियाशील नटुंगिएका जिल्लामा २१ भदौसम्म वडा अधिवेशन भइसक्छ : प्रवक्ता शर्मा

काठमाडौँ - सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औँ महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट सुरु हुने बताएका छन् । प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरूको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने बताएका हुन् ।
उनले काँग्रेसका क्रियाशील सदस्य, अन्य सदस्य र पार्टीमा आवद्ध पदाधिकारीहरूले महाधिवेशनमा भेटघाट गर्दा र कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन पनि अपिल गरे । महाधिवेशन गर्नुपर्ने बाध्यता र कोभिड-१९ पनि जोगिनु पर्ने कारणले आफू जोगिन र समाजलाई पनि जोगाउनु पर्ने कर्तव्य कांग्रेसको भएकोले मत माग्न जाँदा अनिवार्य मास्क लगाउन उनले अनुरोध गरे । १८ गतेबाट महाधिवेशन सुरु गर्ने भनिए पनि ५६ वटा जिल्लाका मात्रै क्रियाशील सदस्यहरूको सूची सार्वजनिक भएको र कोभिड-१९ जटिलता रहेकोले महाधिवेशनका लागि अझै २ वटा जटिलता रहेको उनले बताए ।
प्रवक्ता शर्माले भने, ‘नेपाली काँग्रेस पार्टी भदौ १८ गतेबाट विधिवत रूपले १४ औँ महाधिवेशनमा प्रवेश गर्दैछ, सामान्यतया महाधिवेशन भन्दै गर्दा केन्द्रीय महाधिवेशनको उद्घाटन हुने तिथिलाई बुझ्ने एक ढंगको प्रचलन छ, तर नेपाली काँग्रेस पार्टीको फरक परम्परा के छ भने महाधिवेशन भनिरहँदै गर्दा केवल केन्द्रीय महाधिवेशनको उद्घाटन दिन मात्रै होइन, एकसाथ देशभरका वडाहरूको अधिवेशन जुन दिन शुरु हुन्छ, त्यो दिन नेपाली काँग्रेस पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ भएको हुन्छ । भदौ १८ गते महाधिवेशन प्रारम्भ हुँदैछ ।'
उनले मत माग्न जाँदा मास्क लगाउन सबैलाई आग्रह गरे । पार्टीमा दुई जटिलता भएको शर्माले बताए । 'अहिले पार्टीमा २ वटा जटिलता छ, एउटा ५३ जिल्लामा मात्रै क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छ, हिजो मात्रै थप ३ जिल्लाको सूची सार्वजनिक गर्ने सहमति पछि ५६ पुगेको अवस्था छ, अर्को कोरोना महामारीको जोखिम छ,’ प्रवक्ता शर्माले भने ।
प्रवक्ता शर्माले १८ गतेबाट पार्टी महाधिवेशन सुरु हुँदै गर्दा कोभिड, अन्य केही जटिलता तथा क्रियाशील सदस्यताको विवरण नटुंगिएको खण्डमा त्यो जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरुले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अनुकुलता बमोजिम सार्न सक्ने बताए । यी समस्या बाहेकका जिल्लाहरुमा भने नेपाली काँग्रेसले भदौ १८ गते नै महाधिवेशनको प्रक्रिया सुरु गर्ने तयारी गरेको शर्माले जानकारी दिए ।
उनले भने, ‘कुनै भूगोलमा कारणवश १८ गते सुरु हुँदै गर्दा कोरोनाको जटिलता वा अन्य केही जटिलता र क्रियाशील सदस्यता नटुंगिएको खण्डमा तद् जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरुले केन्द्रीय निर्वाचन समितिसँग सम्पर्क, समन्वय गरेर अनि अनुमति लिएर ती जिल्लाको अधिवेशनलाई १८ बाट १९, २०, २१ आफ्नो अनुकुलता अनुसार गर्न सक्नुहुनेछ, त्यो कोरोनाको विषय, क्रियाशील सार्वजनिक नभएको विषय र प्रतिनिधि पुग्दै गर्दा कारणवश ढिलाइ भएको विषयको वस्तुगत स्थितिभन्दा बाहेक हामी १८ गतेबाट नै महाधिवेशनको प्रक्रिया सुरु गर्नेछौँ, त्यसकारण सबैको जोड १८ गते छ, भदौ १८, २०७८ साल यो अधिवेशनको सबैले गम्भीरतापूर्वक लिएका छौँ ।’
शर्माले अधिवेशन गर्न जाँदै गर्दा नेतृत्वको चयन गरेर नेतृत्वलाई लिएर आउने दायित्व र पार्टीलाई उर्जा भरेर रुपान्तरित काँग्रेस, रुपान्तरित देश बनाउने अठोट र अभियानमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको बताए । महाधिवेशन संयमता र हार्दिकताका साथ गर्नुपर्ने बताउँदै प्रवक्ता शर्माले कोरोनाको जोखिम भएकोले अधिवेशनमा उत्हास पूर्वक सहभागि बन्न तर भीडभाड र भेटभाट कार्यक्रममा मास्कको अनिवार्य प्रयोग गर्न सुझाए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया