‘निर्देशन गर्छु, कमेडी गर्दिँन’

काठमाडौं : कलाकार तथा निर्माता दीपकराज गिरीले आफूले निकट भविष्यमै फिल्म निर्देशन गर्ने तर आफूले निर्देशन गर्ने सिनेमा कमेडी नहुने बताएका छन् । इकागजसँगको कुराकानीमा उनले आफूले निर्देशन गर्ने सिनेमा कमेडी मात्र नहुने बताएका छन् ।
‘राम्रो स्क्रिप्ट पायो भने निर्देशन गर्ने सोच छ । तर, मैले निर्देशन गर्ने फिल्म ‘छक्का पञ्जा’ जस्तो कमेडी मात्र चैं हुन्न । मैले निर्देशन गर्ने सिनेमामा बिल्कुलै नयाँ कलाकार लिएर काम गर्छु,’ दीपकले भने । उनले आफूले निर्देशन गर्ने सिनेमामा ८० प्रतिशत थिएटरका कलाकार लिने पनि जानकारी गराए ।
दीपकले दर्शकको रुपमा आफूलाई कमेडी फिल्म खासै मन नपर्ने भए पनि समयको मागलाई मध्येनजर गरेर कमेडी फिल्म बनाइरहेको पनि बताए । ‘दर्शकको रुपमा भन्नुहुन्छ भने मलाई कमेडी सिनेमा खासै मन पर्दैन । गम्भीर सिनेमा हेर्न रुचाउँछु,’ उनले भने, ‘तर, अहिले हाम्रोमा दर्शकलाई फिल्म हेर्ने आदत बसाउनु छ । अहिले नै प्रयोग गर्ने समय भइसकेको छैन भन्ने लाग्छ । दर्शकले कमेडी फिल्म रुचाइरहनु भएको छ । त्यही कारण हामी कमेडी फिल्म बनाइरहेका छौं ।’
महामारीपछि आफूले बनाइरहेका सिनेमाको शैलीमा पुनर्विचार गरिरहेको पनि बताए । स्थिति सामान्य भएलगत्तै ‘छक्का पञ्जा ४’ सुटिङमा जाने तयारीमा रहेका दीपकले ‘छक्का पञ्जा ४’ नै नयाँ शैलीमा आउन सक्ने संकेत गरे । ‘महामारीभन्दा अगाडिदेखि नै हामी हाम्रै प्याटर्नमा के नयाँ दिन सकिन्छ भनेर पनि छलफल गरिरहेका थियौं । महामारीले हामीलाई यसमा झन् धेरै सोच्ने समय दियो । ‘छक्का पञ्जा ४’ नै फरक शैलीमा आउन सक्छ,’ उनले भने ।

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_Cf0PYJx2dD_6gynm0bwtwyzhwsafki3s5k5mzcncdxgixmcaznsd43qocmn8old9qbmwon1.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रतिक्रिया