कालिकोटमा भूमि आयोगले बाँड्यो लालपूर्जा

कालिकोट - भूमि सम्बन्धी समस्या सामाधान आयोगले कालिकोटमा ३३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) दिएको छ । लामो समयदेखि भोगचलन गर्दै आएको जमिनलाई नाममा गरेर ३३ जनालाई रातोपूर्जा दिइएको हो ।
२०५४ सालमा नापजाँच भएर पूर्जा नपाएका ३३ जनालाई पूर्जा वितरण गरेको आयोगका विषय विज्ञ सचिव रमेश नेपालीले जानकारी दिए । पूर्जा पाउनेमा खाँडाचक्र नगरपालिकाका ११ जना, पलाँता गाउँपालिकाका १५ जना र नरहरीनाथ साविकको मालकोटका ७ जना रहेका छन् ।
विगतको आयोगबाट नापजाँच गरिसकेर पूर्जा मात्र पाउन बाँकी रहेकाहरुको अधुरो काम पुरा गरेको आयोगका अध्यक्ष धिरबहादुर बमले बताए । जिल्लामा रहेका सुकम्बासीको हकमा भने काम सुरु भएको छैन । उनीहरूलाई पनि आफ्नो कार्यकालमा लालपूर्जा बाँड्ने अध्यक्ष बमले बताए । सरकारले नहटाएमा सुकम्बासीको पनि समस्या समाधान गर्ने उनको भनाइ छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_MULYYg7Qrp_qpsa4614zqzwjiqhrpr68bu68lbqie4tvxiqo4zsvc3grm0omju0fiqinquc.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया