बागमती प्रदेश : मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्ने
हेटौंडा- बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । मंगलबार एमालेको १२ सांसदहरु नेकपा एकीकृत समाजवादीमा खुलेसँगै उनी अल्पमतमा परेकी हुन् । मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतको लागि प्रदेश सभामा प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्था अनुरुप बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुपर्ने देखिएको छ । यद्यपि बामगती प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल एमाले विभाजन भएको पत्र अझै आइपुगेको छैन । प्रदेश सभा सचिवालयमा दल विभाजन पत्र नआएको सचिवालयको प्रवक्ता विनोद अमात्यले जानकारी दिए । बामगती प्रदेश सरकारले प्रदेश सभाको आठौ अधिवेशन अन्त्य गरिसकेको छ । योसँगै विश्वासको मत लिने विषय अघि बढ्ने देखिँदैन ।
अहिलेको सरकारले राजीनामा नदिने एमाले बागमती प्रदेशको प्रमुख सचेतक दिपक निरौलाले बताए । स्वभाविक रुपमा अल्पमतमा परेको भन्दै उनले अविश्वासको प्रस्ताव ल्याए 'फेस' गर्ने बताए । बामगती प्रदेशमा अब बहुमतको सरकार अल्पमतमा परेसँगै अन्य दलहरुसँग सहकार्य गर्ने एमालेले तयारीे छ । प्रदेशमा अझै मन्त्रिपरिषद्ले पूर्णता भने पाएको छैन । यसलाई नै एमालेले संसदीय खेलमा अस्त्रको रुपमा प्रयोग गर्ने देखिएको छ ।
एमालेको एकल बहुमत (५६ सांसद) भएको बागमती प्रदेशसभामा एमाले ४४ सांसदमा झरेको छ । जसमध्ये माधव नेपाल निकट ९ सांसद छन् । उनीहरुमध्ये अझै केही सांसद समाजवादीमा खुल्ने निश्चित भइसकेको सांसद राजेन्द्र पाण्डेले जानकारी दिए । बागमती प्रदेशमा केन्द्रकै गठबन्धनको सरकार बनाउने तयारी छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्ष्यको सरकार ढल्ने र कांग्रेस, माओवादी र एकीकृत समाजवादीको सरकार बन्ने भएको हो ।
प्रदेशमा अहिले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीको २३, नेपाली कांग्रेसको २२, नेकपा एकीकृत समाजवादी १२, एमाले ४४, विवेकशील साझा ३, नेपाल मजदुर किसान पार्टी २, राप्रपा २ र स्वतन्त्र १ सांसद छन् । साना दलहरु भने वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने अझै अन्यौल छन् । नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्रराज गोसाईले हालसम्म कसैलाई समर्थन गर्न कुनै दलको आग्रह नभएको बताए । विवेकशील साझाकी सांसद शोभा शाक्यले वर्तमान सरकारलाई समर्थन गर्न नसक्ने भन्दै विपक्षमै बस्ने बताएकी छन् ।

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

प्रतिक्रिया