प्रदेश-१ र बागमतीमा मुख्यमन्त्री फेर्ने निश्चित
प्रदेश १ एकीकृत समाजवादी र बागमती कांग्रेसको भागमा

काठमाडौँ- पार्टीभित्र विग्रह-विभाजनसँगै एमालेले अब प्रदेश-१ र बागमती को मुख्यमन्त्रीसहित सत्ता गुमाउनुपर्ने स्थिति पैदा भएको छ । पार्टीको आन्तरिक कलहकै कारण एमालेले गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री र सत्ता गुमाइसकेको छ ।
सत्तारुढ गठबन्धनभित्र प्रदेश-१ र बागमती मा सत्ता बाँडफाँटसम्बन्धी छलफल शुरु भएको र छिट्टै निर्णयमा पुग्ने सम्भावना बढेको छ । प्रदेश-१ मा एमालेबाट विभाजित दल नेकपा (एकीकृत समाजवादी) र प्रदेश-बागमती को मुख्यमन्त्री नेपाली कांग्रेसले लिने ‘सैद्धान्तिक सहमति’ बनेको छ ।
अब बाँकी प्रदेशमा मुख्यमन्त्री बाँडफाँटबारे छलफल भइरहेको हो भन्ने प्रश्नलाई सरकारका प्रवक्ता तथा कानुन, न्याय, संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘इन्कार’ गरेनन् । कार्कीले त्यतिमात्र भने, ‘त्यो सम्भावना छ ।’
एकीकृत समाजवादीले प्रदेश-१ मा भावी मुख्यमन्त्री को हुने भन्ने नाम चाहिँ प्रस्ताव गरेको छैन । उता प्रदेश-बागमती मा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नै मुख्यमन्त्री बन्ने सम्भावना छ ।
सत्तारुढ गठबन्धन दलले मुख्यमन्त्री फुत्काउने सम्भावना देखेसँगै एमालेले भर्खरै मात्र प्रदेश-१ र बागमती मा नाटकीय शैलीमा मुख्यमन्त्री फेरेको थियो । एमालेले प्रदेश-१ मा शेरधन राईका ठाउँमा भीम आचार्य र प्रदेश-बागमती मा डोरमणि पौडेललाई फिर्ता बोलाउँदै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएको थियो ।
आचार्य र शाक्य दुवै एमाले विभाजन हुनुपूर्व माधवकुमार नेपाल-झलनाथ खनालसँगै थिए । दुवैले पछिल्लो समयमा गुट फेरेका हुन् । एमालेमा उत्पन्न विग्रहकै कारण गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेलले मुख्यमन्त्री पद गुमाएका थिए । कर्णाली र सुदूरपश्चिममा शुरुदेखि नै माओवादीका मुख्यमन्त्री छन् । एमालेले ती दुवै प्रदेशबाट माओवादी मुख्यमन्त्री हटाउने प्रयत्न गरेको थियो । उसको प्रयत्न असफल हुन पुगेको थियो ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया