चीनमा बालबालिकालाई भिडियो गेम खेल्न आंशिक प्रतिबन्ध

काठमाडौं - चीनमा बालबालिकाले हप्तामा तीन घण्टामात्र गेम खेल्न पाउने नियम लागू भएको छ । चिनियाँ बालबालिकाले हप्तामा शुक्रबारदेखि आईतबारसम्म मात्र तीन घण्टा भिडियो गेम खेल्न पाउने भएका हुन् ।
चिनियाँ सरकारले लागू गरेको यस नियमले सोमबारदेखि बिहीबारसम्म बालबालिकाले भिडियो गेम खेल्न पाउने छैनन् । सेप्टेम्बर १ देखि लागू हुने नियममा १८ वर्षभन्दा मुनिका बालबलिकाले सप्तान्तमा ३ घण्टा मात्र भिडियो गेम खेल्न मिल्ने र राति १० बजेदेखि बिहान ८ बजे सम्म खेल्न नमिल्ने गरि नियम बनाइएको छ ।
बालबालिकाले भिडियो गेम खेल्दा उनीहरूमा नकारात्मक असर देखापरेको भन्दै त्यहाँको सरकारले यस प्रकारको नियम ल्याएको जनाएको छ । कोभिड १९ का कारण विद्यालय बन्द भएपछि बालबालिकामा अनलाइन गेमको लत लागेको र यसले भविष्यमा नराम्रो असर पुर्याउने भन्दै यस प्रकारको नियम ल्याइएको चाइना भिडियो गेम नियमकले जनाएको छ ।
यसअघि बालबाकिाले गेममा महिनाको ४०० युआन भन्दा बढि खर्च गर्न नपाउने नियम लागू गरेको थियो । चीनमा ओनर अफ किङ, पब्जि, क्रसफायर जस्ता गेमहरु बालबालिकाका माझ लोकप्रिय छ । बिजनेस इनसाइडरको सहयोगमा

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया