भोलिबाट अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला सुरु

काठमाडौँ - पाचौँ महिला उद्यमीहरुको व्यापार मेला भदौ १६ गतेबाट सुरु हुने भएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले र्भचुवल माध्यमबाट गर्ने भएका छन् ।
गत वर्ष कोभिड–१९का कारण हुन नसेकेको यो मेलाको आयोजनामा अन्तर्राष्ट्रिय श्रम संगठन, एफसीए, द एसिया फाउन्डेशन, अन्तराष्ट्रिय श्रम संगठन आदि संस्थाहरुले सहयोग गरेका छन् । यस मेला डल्फा सोलूसनस्को प्राविधिक सहयोग मार्फत उपलब्ध गराएको महिला उद्यमी महासंघ नेपालले जानकारी दिएको छ ।
यो मेलामा नेसनल लाइफ इन्सुरेन्स, एनलजी इन्सुरेन्स, ज्योति बिकास बैंक, सानीमा बैंक, ग्लोबल आइएमइ बैंक, सिटिजेन्स बैंक, एनसिटिटिएम कलेज, श्रीनगर एग्रो, पशुपती खाद्य तेल उद्योग, व्यञ्जन, नेपालका लागि बङ्लादेश राजदुतावास लगायतको समेत सहयोग रहेको जानकारी महिला उद्योग महासंघले जनाकारी दिएको छ ।
मेलाका आकर्षणका रुपमा हस्तकलाका सामानहरु, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, काष्ठजन्य वस्तुहरु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाहरुका स्टलहरु छन् । मेलामा जम्मा ७९ स्टलहरु रहने जनाइएको छ र ती मध्ये ५७ महिला उद्यमीहरुका स्टल र २२ जिल्ला महिला उद्यमी संघहरुलाई प्रतिनिधित्व गर्ने स्टल रहनेछन । त्यस्तै दुईवटा स्टलहरु अग्नि पीडि़त र सामाजिक रूपले सीमान्तकृत महिला उद्यमीहरुलाई सीप प्रदान गर्ने संस्थालाई प्रयोजन गरिएको छ ।
व्यापार मेलाले सामान्य रुपमा प्रभावशाली राष्टिय तथा अन्र्तराष्टिय महिला उद्यमीहरुलाई उत्पादन बिक्रीका लागि पर्याप्त अवसरहरु प्रदान गर्ने, सञ्जाल निर्माण गर्न तथा शिप तथा ज्ञानको आदानप्रदान गर्न तथा उत्पादनलाई बढवा दिन एक प्लाटफर्मको रुपमा काम गर्ने महिला उद्यमी महासंघ नेपालले जानकारी दिएको छ ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_Sdo2BLl8Zj_mitqknbzlkbeypnrh0a4l9lrpvkhda2vawyakdoriom5gpyn3muj5amio6d7.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया