हलिउड फिल्ममा कमब्याक गर्दै दीपिका

मुम्बई : साढे ४ वर्षअघि दीपिका पादुकोनले भान डिजेलसँग ‘ट्रिपल एक्स रिटर्न अफ जेन्डर केज’ खेल्दै हलिउडमा पाइला चालेकी थिइन् । यो फिल्मले औसत सफलता पाएको थियो । यो फिल्मपछि धेरैको अपेक्षा थियो, प्रियंका चोपडा झैं दीपिका पनि हलिउडमा व्यस्त हुनेछिन् ।
तर लामो समय बितिसक्दा पनि उनले दोस्रो हलिउड प्रोजेक्ट हात पार्न सकिनन् । अब भने दीपिका आफैं तातिएकी छिन् । उनले अन्तर सांस्कृतिक रोमान्टिक कमेडी निर्माण र सँगै अभिनय पनि गर्ने भएकी छिन् ।
समाचारअनुसार उनले इरोजको एसटिएक्स ग्लोबल कर्पोरेसनसँग मिलेर यो फिल्म बनाउन लागेकी हुन् । निर्माणका लागि दीपिकाको का प्रडक्सनले हलिउडको टेम्पल हिल प्रडक्सनसँग सहकार्य गर्नेछ । टेम्पल हिल प्रडक्सनले यसअघि ‘ट्वाइलाइट’ फ्रेन्चाइज र ‘फल्ट इन आवर स्टार्स’ निर्माण गरेको छ ।
दीपिकाले ‘छपाक’सँगै आफ्नो प्रडक्सन सुरु गरेकी थिइन् । योबाहेक उनले अमिताभ बच्चनलाई लिएर रबर्ट डि निरो अभिनीत ‘इन्टर्न’को पनि रिमेक गरिरहेकी छिन् ।
निर्माणबाहेक दीपिका अहिले बलिउडमै भने ‘पठान’को सुटिङ गरिरहेकी छिन् भने सोही फिल्मका निर्देशक सिद्धार्थ आनन्दको ‘फाइटर’मा पनि दीपिकाको अभिनय रहनेछ । उनले बाहुबली फेम हिरो प्रभाससँग पनि एउटा फिल्म साइन गरेकी छिन् ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया