शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

चार सय रुपैयाँले घट्यो सुन

काठमाडौँ - तीन दिन लगातार स्थिर रहेको सुनको भाउ मंगलबार घटेको छ । सुन तोलामा चार सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ९१ हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ । 

सुनसँगै चाँदी पनि सस्तिएको छ । चाँदी तोलामा पाँच रुपैयाँ सस्तिएको छ । महासंघका अनुसार चाँदी तोलामा ९१ हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी तोलामा एक हजार दुई सय ५ रुपैयाँ कायम भएको थियो ।