मधेश एकताको पक्षमा ‘एक’
काठमाडौं : ओटिटी प्लेटफर्ममा रिलिज हुन लागेको चलचित्र ‘एक’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट तथा ओहो मुभिजबाट प्रदर्शनमा आउन लागेको हो ।
‘स्पाइ जन्र’को चलचित्रमा भूमिका विशाल पोखरेल, ज्योत्स्ना योगी, प्रमोद अग्रहरी आदि कलाकारको अभिनय रहेको छ । विदेशी स्वार्थको इशारामा देशमा विखण्डनको हिंसात्मक अभियान चल्नु, नेपालको आन्तरिक सुरक्षाका लागि अत्यन्त चुनौतीपूर्ण विषय हो। मधेस विकास र शान्तिको पक्षमा अगाडि बढ्ने प्रक्रियामा रहँदा यसलाई विथोल्न स्वतन्त्र मधेसको अवधारणा स्थापित गरेर नेपाललाई सधै अस्थिर राखिराख्ने षड्यन्त्रको शिकार नेपाल भएको यथार्थलाई फिल्मले विषय बनाएको छ ।
स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा बनेको यो चलचित्रको निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन् । मनोज पण्डितको निर्देशन रहेको फिल्ममा छायांकन दीपक बज्राचार्य, सम्पादन भरत रेग्मी तथा संगीत गोविन्द मधुर आचार्य, पुष्कर महतो र हरि लम्सालको रहेको छ ।
त्यस्तै फिल्ममा प्रमोद खड्काको एक्सन रहेको छ । चलचित्र ‘एक’मा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारको पनि अभिनय रहेको छ । कोरोना महामारीका कारण थला परेको सिनेमा उद्योगको विकल्प खोज्दै डिजिटल प्लेटफर्ममार्फत यही असोज २१ गते घटस्थापनाका दिनदेखि विभिन्न ओटिटी प्लेटफर्ममा रिलिज हुनेछ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया