कसैलाई निषेध नहुने व्यवस्था आवश्यक : कमल थापा

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरि राजादेखि बिप्लब माओवादीसम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन् । बिहीबार हेटौंडामा पार्टीको चुनाव चिन्ह "हलो" तथा झण्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनार्थ सर्वपक्षीय सम्मेलन हुनुपर्ने बताए ।
उनले जनताको अभिमतबाट, राजनीतिक दलहरूको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने बताए । विदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने बताए । नेपाली जनता,राजनीतिक दल,नागरिक समाज र बुध्दिजीवीहरूको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्नुपर्ने थापाले बताए ।
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएको उनको भनाइ छ । राजसंस्था र हिन्दुराष्ट्रको माग राखी देशब्यापी जनप्रदर्शन भएकोमा आफूलाई खुशी लागेको थापाले बताए ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया