बालिका बलात्कारको आरोपमा फरार शिक्षक पक्राउ
लमजुङ - बालिका बलात्कारको आरोपमा फरार रहेका एक शिक्षकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कारको आरोप लागेर फरार शिक्षकलाई सोमबार बेशिसहरबाट पक्राउ गरिएको हो ।
बालिका बलात्कारको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो । यसअघि बालिकालाई बलात्कारको आरोपमा सोही गाउँका अर्जुनविक्रम थापाविरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो ।
बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफुमाथि भएको बलात्कार घट्नाको बारेमा खुलाएपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रकृया अघि बढेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया