इजरायल जान आवेदन दिएका कामदारको लिखित परीक्षा भदौ २८ गते हुने

काठमाडौँ- इजरायल (केयर गिभरमा) जान आवेदन दिएका नेपाली कामदारले भदौ २८ गते परीक्षा दिन पाउने भएका छन् । काठमाडौँ उपत्यकाको विभिन्न परीक्षा केन्द्रहरूमा १ बजेदेखि अंग्रेजी भाषाको परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
आवेदन स्वीकृत भएका परीक्षार्थीहरूको परीक्षा केन्द्र अनलाइनमार्फत जानकारी हुने र प्रवेश पत्र साथमा लिइ परीक्षा केन्द्र जानुपर्ने विभागले जानकारी दिएको छ । यसअघि इजरायल जान साउन ४ देखि ३२ गतेसम्म आवेदन दिने समय तोकिएको थियो ।
इजरायललाई नेपालीका लागि आकर्षक रोजगार गन्तव्य मुलुक मानिन्छ । एक हजार कामदारको माग आएको छ । ७० प्रतिशत महिला र ३० पुरुषलाई लाने गरि इजरायलबाट माग आएको छ । कामदारले मासिक डेढ लाख रुपैयाँ बढी तलब पाउनेछन् ।
गत वर्षको असोजमा इजरायल र नेपाल सरकारको बिचमा केयर गिभरमा नेपाली कामदार लाने गरी सम्झौता भएको थियो । ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लान पाउने गरी सम्झौता गरिएको थियो । सरकारले साउन ११ गतेदेखि कामदारका लागि विज्ञापन खुलाएको थियो र केही दिन अघि मात्र आवेदन भर्ने समय सकिएको थियो । पाँच वर्षको करार अवधि र सुरुमा एक वर्षको मात्र हुनेछ । ६ दिन काम र सातामा ४२ घण्टा काम गर्नुपर्नेछ । इजरायली कानुनअनुसार वार्षिक बिदा पाउने छन् ।

गैर आवासीय नेपाली संघ दक्षिण सुडानको तेश्रो अधिबेशन सम्पन्न

इटहरीका गिरीको एनआएरन अष्ट्रेलियाको एनएसडब्ल्यु राज्य समन्वय परिषद् सदस्य पदमा उ…

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

प्रतिक्रिया