गोकर्णेश्वरमा मंगलबारदेखि विद्यालय खुल्ने
काठमाडौँ – गोकर्णेश्वर नगरपालिका क्षेत्रका विद्यालयहरू मंगलबारदेखि खुल्ने भएका छन् । गोकर्णेश्वर नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय मंगलबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
‘भौतिक दूरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी पूर्णसतर्कता र सजगकताको अवलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै मिति १५ भदौ ०७८ देखि सबै विद्यालय सञ्चालन गर्ने निर्णय भएकाले सोहीअनुसार विद्यालय सञ्चालन गर्ने, गराउने उपयुक्त वातावरण मिलाउन हुन अनुरोध छ,’ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विद्यालय स्वयम्ले स्वास्थ्य तथा सुरक्षाको वातावरण र विश्वसनीय वातावरण अनिवार्य रूपमा तय गर्नसमेत नगरपालिकाले सूचित गरेको छ ।

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रतिक्रिया