गोर्खाज फाइनान्सको साधारणसभा विवादमा

काठमाडौँ - भदौ २४ मा आयोजना हुने तय भएको गोर्खाज फाइनान्सको साधारणसभा विवादमा परेको छ । फाइनान्सका संस्थापक सेयरधनीहरूले साधारणसभा रोक्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
संस्थामा 'एकथरी सेयर माफियाहरू'ले गुटबन्दी गर्दै संस्था कब्जा गर्ने षडयन्त्र गरेको उजुरीकर्ता सेयरधनीहरुकाे आरोप छ । भदौ १० मा सार्वजनिक सूचना जारी गर्दै फाइनान्सले २४ गते ११ बजे सोल्टीमोडको क्राउन ईम्पोरियलमा २६औं बार्षिक साधारणसभा आयोजना गर्ने जानकारी दिएको थियो । सोमबार फाइनान्सले निर्वाचन तालिका समेत सार्वजनिक गरिसकेको छ ।
संस्थाभित्र गुटबन्दी मौलाएको र यो साधारणसभा सञ्चालक समितिको निर्वाचन हुने चुनावी सभा समेत भएकाले हजारौं सेयरधनीहरु सहभागी हुने भन्दै सेयरधनीहरूले भीडभाड गर्न नदिन प्रशासनलाई पत्र पठाएका हुन् ।
प्रमुख जिल्ला अधिकारीले काठमाडौँ जिल्लाभर सबै प्रकारका सभा तथा सम्मेलन गर्न तथा २५ जना व्यक्ति भन्दा बढि एकैसाथ एक ठाउँमा भेला निषेध गरिएको भन्दै उनीहरूले साधारणसभा रोक्न माग राखेका हुन् । फाईनान्सको २६ औं साधारणसभामा संस्थापक तर्फ ३ जना र साधारण तर्फ ३ जना गरी ६ जना संचालकहरुको लागि प्रत्यक्ष निर्वाचन हुनेछ ।
हालको सञ्चालक समितिका 'केही सञ्चालक तथा केही उच्च पदस्थ कर्मचारीहरुले संस्था कब्जागरी संस्थाको दुरुपयोग गरेको र करोडौं रकम नियमविपरित कजा प्रवाह गरेको' उनीहरूको आरोप छ । नियामक निकायद्वारा छानविन भई रहेकले साधारण सभामा यो साधारणसभाको आयोजना गर्न पूर्ण रुपमा असम्भव र गैरकानूनी रहेको उनीहरूको ठहर छ ।

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_FXk3yVYJJl_cbfcwj1s7raiikcntev1kfkfwosy8zwrkoh1dhmvluswycyryere96nc0rzo.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

प्रतिक्रिया