अनुरागले ‘लुडो’को सिक्वेल बनाउने

मुम्बई : बलिउड निर्देशक अनुराग बसुले ‘लुडो’को सिक्वेल बनाउने घोषणा गरेका छन् । उनले केही दिनअघि अष्ट्रेलियामा सम्पन्न फिल्म फेस्टिभलमा यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड थापेसँगै यसको दोस्रो भाग पनि बन्ने जानकारी गराएका हुन् । तर, उनले दोस्रो तत्कालै बनाइहाल्ने पक्षमा भने आफू नरहेको बताएका छन् ।
‘ म यसमा तुरुन्तै काम गर्ने पक्षमा छैन । पहिला अरु केही कथाहरू छन् काम गर्नुपर्ने, पहिले तिनमा काम गर्छु अनि मात्र यसको सिक्वेलको बारेमा सोच्छु,’ उनले भनेका छन्, ‘पहिला भाग बनिसकेको हुनाले दोस्रो भाग बनाउन उति गाह्रो पनि छैन । तर यसमा पहिला जस्तो प्रभाव र रमाइलो नहुन पनि सक्छ ।’ बसुले पहिलो आएको केही समयपछि दोस्रो भाग आयो भने मात्र मजा हुने पनि उल्लेख गरेका छन् ।
नेटफ्लिक्समा रिलिज भएको कलाकारले भरिएको फिल्मलाई दर्शक तथा समीक्षक पनि रुचाएका थिए । फिल्ममा पंकज त्रिपाठी, अभिषेक बच्चन, राजकुमार राव, आदित्यरोय कपुर, सानिया मल्होत्रा, फातिमा सना शेख आदि कलाकारको अभिनय रहेको थियो । यो फिल्मको आर्ट डिरेक्सन तथा प्रडक्सन डिजाइन नेपाली अन्जन गजुरेलले गरेका थिए ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया