पहिरोले अवरुद्ध नागढुंगा-नौबिसे सडक खुल्यो

काठमाडौँ - पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड खुलेको छ । त्रिभवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिब दुई घण्टा सडक अवरुद्ध भएको थियो । अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सो सडक खण्ड पूर्ण रूपमा संचालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिए ।
अविरल वर्षासँगै सो सडकखण्डमा हिजो बिहान ८ बजेतिर र आज बिहान पनि करिब साँढे ५ बजेतिर पहिरो गएको थियो । पहिरोका कारण करिब दुई घण्टा सवारी आवातजावत गर्ने काम अवरुद्ध हुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परेको थियो । प्रहरी निरीक्षक थापाले अब सडक अवरुद्ध नहुने गरी पहिरो पन्छाउने काम गरेको पनि बताए। ‘बिहान साँढे ५ बजेतिर पहिरो गयो । सात बजेतिर वान वे बाटो खुलायौं । अहिले सडक पूर्ण रूपमा सूचारु भएको छ । अब पहिरोले असर नगर्ला’ उनले भने ।
सुरुङमार्ग निर्माण गर्ने क्रममा सडक फराकिलो बनाउने काम गर्नु परेकाले सो क्षेत्रको सडकमाथिबाट पहिरो झर्ने काम काम भइरहेको छ । पहिरो निरन्तर गइरहेका कारण सयौं सवारी साधन र त्यसभित्रका यात्रुहरूले सास्ती व्यहोरिरहनु पर्ने अवस्था आएको स्थानीयले बताएका छन ।

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दामा संलग्न पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

प्रतिक्रिया