प्रगतिशील साहित्यकार आनन्ददेव भट्ट रहेनन्

काठमाडौँ - साहित्यकार एवम् प्रगतिशील चिन्तक आनन्ददेव भट्टको निधन भएको छ । छ दशकभन्दा बढी समय नेपाली साहित्य र प्रगतिशील चिन्तनमा सक्रिय भट्टको ८५ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनी बिर्सिने रोग अर्थात् ‘अल्जाइमर्स’ बाट पीडित थिए ।
कथा, कविता, समालोचना, मार्क्सवादी चिन्तन र बौद्धिक विर्मशमा क्रियाशील भट्ट प्रगतिशील लेखक संघको पूर्वअध्यक्ष समेत थिए । वि.सं. १९९३ असोज २५ गते जुम्लाको खलङ्गामा जन्मिएका भट्ट शिक्षा, साहित्य र राजनीतिका त्रिवेणी थिए । नेपाली समालोचना र बौद्धिक लेखनीमा उनको योगदान महत्त्वपूर्ण रहेको माओवादी केन्द्रका नेता मोहन कार्की बताउँछन् । आफूलाई भट्टको विद्यार्थीसमेत बताउने कार्कीले उनलाई मार्क्सवादी चिन्तकको रूपमा आफूले चिनेको बताए । उनको निधनले नेपाली समाजले प्रगतीशील फाटको योद्धा, प्रखर व्यक्तित्व गुमाएको उनले बताए ।
भट्टका कविता, निबन्ध, समीक्षा, चिन्तन एवं दर्शन विषयका कृति प्रकाशित छन् । उनका फुटकर लेख, रचना, अन्तरर्वार्ता, चिट्ठीपत्र र दैनिकी पनि प्रकाशित छन् । उनलाई २०७६ फागुन २४ गते ‘सार्वजनिक राष्ट्रिय अभिनन्दन’ गरिएको थियो ।
भट्टका श्रीमती र दुई छोरा छन् । उनको पशुपति आर्यघाटमा आजै अन्त्यष्टि गरिनेछ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_BLAvGFryuk_lwfoohdfk6r6skn6lnggpi4zpr9pqz6bdgzefhkoh1wfgcm65ep4rd4k05cd.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया