सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध
निजाङ्ग खोलामा आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल बगायो

कैलाली - लगातारको वर्षाका कारण निजाङ्ग खोलामा गएराति आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल बगाउनुका साथै अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरू बगाएको छ । महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका –३ को सीमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगडस्थित खोला किनारका ३ पसल र १ घर बगाएको स्थानीय लोकेन्द्र बहादुर बमले जानकारी दिए ।
खोलामा बाढी आउदा सो क्षेत्रका स्थानीयहरू राति नै सुरक्षित स्थानमा गएका कारण मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् । बाढीले पुर्याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले जानकारी दिए । उनले क्षतीको यकिन विवरण आइनसकेको बताए ।
यस्तै पहिरोका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। चुरे गाउँपालिका ४ स्थित भासु भिरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सोमबार बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध रहेको बताउँदै प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले राजमार्ग खोल्ने प्रयास भइरहेको बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_YFmOiEE7Y2_vkl1vhjrwkcztp4tz0jlgehwp9dlflhnlfu1fxx6r4sregxybgqbjv4xuyiq.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया