सप्तकोसीको बहावबारे गृहमन्त्रीको चासो

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले निरन्तरको वर्षात्ले सप्तकोसीको बहाव बढेर खतराको बिन्दुमा पुगेको जानकारी आएपछि उदयपुर र सप्तरीका सुरक्षा अधिकारीहरूसँग त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री खाणले आइतबार साँझ उदयपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीराम सेडाई, नेपाल प्रहरीका उपरीक्षक र सशस्त्र प्रहरीका उपरीक्षक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसँग टेलिफोन सम्वाद गरेर कोसी नदीको कटान र बहावबारे जानकारी लिएका हुन् ।
गृहमन्त्री खाणले सशस्त्र प्रहरीका प्रदेश १ का प्रमुख डिआइजीपी बम्शी दाहालसँग त्यहाँको अवस्थाबारे जानकारी लिए । मन्त्री खाणले डिआइजीपी दाहालसँग कोसीको बहावबारे भिडियो क्लिप र तस्बिरसमेत मगाएर हेरेका थिए ।
भिडियोको क्लिप हेरेपछि मन्त्री खाणले अहिलेसम्म प्राकृत्तिक प्रकोप बाढी, पहिरो र डुवानबाट बचाउन गरेको कामको सराहना गर्दै आगामी दिनमा पनि यस्ता कामलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए। उनले कोसीको बहाव बढिरहेकाले पूर्वतयारी गर्न पनि निर्देशन दिए । नागरिकलाई सुरक्षित स्थानमा अस्थायी बासस्थान बनाएर भए पनि लैजान उनको निर्देशन थियो ।
डिआइजीपी दाहालले गृहमन्त्री खाणले कोसीको बहावबारे टेलिफोनमा जानकारी लिएको बताए । ‘मन्त्रीज्यूले कोसीको बहावबारे जानकारी लिनुभएको थियो । अहिले कोसीको बहाव बढेको र उदयपुर र सप्तरीका केही स्थानमा कोसीले बहाव परिवर्तन गर्न समस्या उत्पन्न हुन सक्ने अवस्था रहेको जानकारी हामीले गरायौं,’ डिआइजीपी दाहालले भने ।
डिआइजीपी दाहालका अनुसार कोसीले उदयपुरको बेलका नगरपालिकाको वडा नं आठको तपेश्वरी इलाकामा बहाव परिवर्तन गरेको छ । यहाँ नदीले कोसी छेक्न बनाएको ड्याम पनि कटान गरेको छ । ड्याम फुटिहालेमा प्रभावित हुन सक्ने बासिन्दालाई एलट गर्न काम पनि सशस्त्र प्रहरीले गरेको डिआइजीपी दाहालले बताए। ड्याम फुट्यो भने उदयपुरको बेलकाका चार गाउँ र सप्तरीको सप्तकोशी नगरपालिकामा असर पुर्याउने उनले जानकारी दिए । उनका अनुसार अहिले कोसीको बहाव दुई लाख ७२ हजार क्यूसेक प्रति सेकेण्ड छ ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया